ad ad

फोटोफिचर


नेपालसँग मैत्रीपूर्ण भलिबल खेल्न आइपुग्यो रसियन महिला टोली (तस्बिरहरू)


सरोज बैजु
साउन ४, २०८१ शुक्रबार २०:५८, काठमाडौँ

नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि रसियाको टोली नेपाल आइपुगेको छ।

१६ सदस्यीय रसियन टोलीलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले स्वागत गरे।

नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र रसियाबीच साउन ६ र ७ गते दशरथ रंगशालाको कभर्ड हलमा मैत्रीपूर्ण खेल हुँदैछ।

नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।

नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ। अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो ।

टोलीको प्रशिक्षक जगदीश भट्ट छन्। उनलाई सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन्। टोलीको व्यवस्थापकमा पूर्व खेलाडी तथा संघकी सदस्य निलम बज्राचार्य रहेकी छिन् ।

नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ। नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।

नेपालको टोली : अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी।

रसियाको टोली : एमेलिना एन्जेलिना, अजनोभा अनास्तासिया, कोस्तिउकेभिच ओल्गा, क्रुक इना, लुबेन्चेन्को एना, सर्गीभा बार्बरा, स्लाउटिना नाटालिया, टिमोस्कोभा एकाटेरिना, बोलोदिना मिला, बासिना एलेना, जिनोबेबा एना र बाबेशिना मारिया।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .