ad ad

राजनीति


उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी

उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १९:३६, काठमाडौँ

उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।

भक्तपुरका अर्जुन बास्कोटाले रानाविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन्।

उजुरीमा उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी दूतावासमा गैरसांसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै उनीमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ।

समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध परेको उजुरीबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताएका छन्।

उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको थियो। संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो।

त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .