दसैँ मनाउन गाउँ गएका सर्वसाधरणहरू धमाधम सहर फर्कन थालेका छन्। व्यवसाय तथा रोजगारीको सिलसिलामा काठमाडौं कर्मथलो बनाएकाहरू बडादसैँमा मान्यजनको हातबाट टीका र आशिर्वाद थापेर काठमाडौं फर्कन थालेका हुन्।
दसैँमा केहीदिनदेखि सुनसानजस्तै रहेको काठमाडौं धमाधम दसैँ मनाउन गाउँ गएकाहरू फर्कन थालेसँगै चलहपहल बाक्लो हुन थालेको छ।
विशेषगरी, कोटेश्वर, जडिबुटी, कलंकी, नयाँ बसपार्क, चाबहील जस्ता नाकाहरूमा सर्वसाधरणको बाक्लो भीड लाग्न थालेको छ।
बन्द रहेका काठमाडौंका होटल तथा पसलहरू पनि खुल्न थालेका छन्।
कोटेश्वर–जडिबुटी आसपासमा शुक्रबार दिउँसो गाउँबाट फर्किएकाहरूको केही तस्बिर यहाँ प्रस्तुत गरेका छौंः
66
Shares
प्रतिक्रिया