ad ad

फोटोफिचर


कैदीको पोसाकमा हतकडी लगाएर नेविसंघको प्रदर्शन (तस्बिरहरू)


सरोज बैजु
बैशाख ३१, २०८० आइतबार १२:३४, काठमाडौँ

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार राजधानीमा प्रदर्शन गरेको छ। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडौँ ठगी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणविरुद्ध नै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

गम्भीर अभियोगमा पक्राउ गरेर हिरासतमा राखिसक्दा पनि अझैसम्म कांग्रेसले निलम्बन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुले आक्रोश व्यक्त गरे।

खाणलाई निलम्बन नगरेकोमा उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई खबरदारीसहित प्रश्न पनि गरेक छन्। 

 

नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइको आयोजनामा भएको यो प्रदर्शनमा अरु बेलाभन्दा फरक थियो। किनभने प्रदर्शनमा सहभागीहरुको हातमा सांकेतिक सन्देश दिने गरी हतकडी थियो भने उनीहरुले कैदीबन्दीको पोशाक लगाएका थिए।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएकै बेला २०७८ असारदेखि २०७९ पुससम्म खाण गृहमन्त्री भएका थिए। त्यहीबेला उनले बिचौलियासँग मिलेर करोडौं ठगी गरेको आरोप लागेको छ। 

नेविसंघका पूर्वसभापति समेत रहेका खाणविरुद्ध नेविसंघकै कार्यकर्ताले सडकमा प्रदर्शन गरेका हुन्।

देशमा बढ्दो भ्रष्टाचारविरूद्ध आफूहरु प्रदर्शनमा उत्रिन बाध्य भएको पनि उनीहरुले बताएका छन्। खाणलाई अहिलेसम्म कांग्रेसले जिम्मेवारीबाट हटाएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .