फोटोफिचर


धमाधम सारिँदै छ काठमाडौं प्लाजामा महानगरको कार्यालय (तस्बिरहरू)


सरोज बैजु
बैशाख ५, २०८० मंगलबार २२:१४, काठमाडौँ

काठमाडौं महानगरको प्रशासन विभागले जेडिए कम्प्लेक्समा भएका कक्षहरु भत्काएर काठमाडौं प्लाजा सार्न थालेको छ।

कम्प्लेक्सको छैटौँ तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय  र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाई लगायत विभागहरुको पार्टेसन सार्ने काम धमाधम भइरहेको छ। 

प्रशासन विभागका प्रमुख एवं महानगरका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार कम खर्चमा कार्यालय सार्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको छ।

२०७२ सालको भूकम्पमा केन्द्रीय भवन जीर्ण भएपछि महानगरले विभागहरुलाई विभिन्न ठाउँमा राखेर सेवा प्रवाह गरिरहेको छ।

यसरी सेवा प्रवाह गर्दा तिर्नु परेको वहाल रकमले एउटै ठाउँमा सेवा ल्याउन सकिने भएपछि नेपाल ट्रष्टसँग काठमाडौं प्लाजा भाडामा लिन प्रक्रिया अगाडि बढाइएको थियो।

यही प्रक्रियाअन्तर्गत चैत ८ गते महानगर र ट्रष्टबिच प्लाजा भाडामा लिने दिने सम्झौता भएको छ।

२०७२ को भूकम्प अघि महानगर बागदरबारमा थियो।

भूकम्पको कम्पनले भवन जीर्ण भएर कार्यालय सञ्चालनका लागि कमजोर भएपछि केही समय राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरियो।

त्यसपछि सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ। यस स्थानमा सबै विभाग नअट्टाएपछि विभागहरुलाई फरक फरक ठाउँमा राखिएका छन्। 

अहिले प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय जेडिए कम्प्लेक्समा छन्।

छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न प्लाजा भाडामा लिएर कार्यालय सार्न थालिएको महानगरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .