वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ निर्माणको काम भइरहेको छ। ललितपुरको पुलचोकमा ३२ हात अग्लो रथ निर्माण अन्तिम चरणमा पुगेको हो।
आगामी वैशाख २९ गतेबाट जात्रा सुरु हुनेछ। जसका लागि आज (बिहीबार) मच्छिन्द्रनाथलाई रथारोहण गरिने बताइएको छ।
जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने प्रचलन छ भने, सोही दिन मच्छिन्द्रनाथलाई रथबाट निकाली बुगंमती अवस्थित मन्दिर लगी प्रतिस्थापन गरे पछि यस वर्षको जात्रा सम्पन्न हुनेछ।
रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमती राखिने चलन छ।
किम्वदन्तीअनुसार एक पटक गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए।
उनले आसन बनाएर बसेपछि १२ वर्षसम्म वर्षा नभई अनिकाल भयो।
त्यसपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा उनी आसनबाट उठी वर्षा र सहकाल हुने स्थानीयले थाहा पाए।
त्यहीअनुसार भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको किम्वदन्ती छ।
Shares
प्रतिक्रिया