फोटोफिचर


तीन क्षेत्रमा उपनिर्वाचन : दलहरूबीच प्रतिष्ठाको लडाइँ (तस्बिरहरु)


नेपालखबर
चैत २०, २०७९ सोमबार १७:२५, काठमाडौँ

चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन लागेको छ।

सोमबार तीनै क्षेत्रमा मनोनयन दर्ता गराउँदाका दृश्यले यो निर्वाचनलाई दलहरुले प्रतिष्ठा बनाएको देखिएको छ।

यो पटक कांग्रेस दुई क्षेत्रमा प्रतिस्पर्धामा उत्रिँदा उसको गठबन्धन घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मैदानमा छैनन्।

दुवैले कांग्रेस र जनता समाजवादी पार्टीलाई सघाएका छन्। 

सोमबार मनोनयन हुँदा कांग्रेस महामन्त्री गगन थापा तनहुँ पुगे। उता एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवनमै होमिएका छन्।

उता चितवन २ का उम्मेदवारसमेत रहेका रास्वपा सभापति रवि लामिछाने स्वर्णिम वाग्लेलाई सघाउन तनहुँ पुगे।

उता बारामा जसपा अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट उठेका रमेश खरेल पनि मनोयनमा पुगे। एमालका पुरुषोत्तम पौडेल पनि त्यहाँ मैदानमा छन्। 

फोटोहरु : सुनिता विष्ट/वासुदेव मिश्र/जयन्त ठाकुर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad