होली पर्वका अवसरमा सोमबार काठमाडौंको लैनचौरमा टोमाटो (टमाटर) होली मनाइएको छ।
नेपालमा होलीलाई रंगहरुको पर्व भनिन्छ। तर ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले काठमाडौंमा टमाटरको पनि होली मनाएको हो।
स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीको मिश्रण गरेर टोमाटो होली खेलाइएको हो।
बार बारेर थुपारिएको टमाटरबीच कयौँ युवा युवतीहरुले होली मनाएका हुन्।
टमाटर कुल्चिँदै नाचगानसहित मनाइने यो होलीलाई लिएर फरक फरक टिप्पणी भइरहेका छन्।
84
Shares
प्रतिक्रिया