क्यान इन्फोटेक काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
माघ २९ गतेसम्म चल्ने इन्फोटेकको प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन्।
१४४ वटा स्टल इन्फोटेकमा सफ्टवेयर कम्पनी, ल्याप्टप ब्रान्ड, डिजिटल वालेट, डिजिटल बिलिङ मेसिन ट्रेडर्स समेतको उपस्थिति छ।
एआई, क्लाउड, होस्टिङ, डेभलपिङ लगायतको विषयमा जानकारी लिन सकिन्छ।
इन्फोटेकमा आईसीटी कलेज, बैंक, इन्स्योरेन्स, प्रविधिसम्बन्धी ट्रेडर्स र स्टार्टअप कम्पनी छन्।
आयोजक कम्युटर महासंघ नेपालले प्रविधिमा चासो राख्ने सबैको लागि क्यान इन्फोटेक उपयुक्त हुने बताएको छ।
क्यान इन्फोटेकका सहभागी हुनेले प्रविधिको प्रयोग गरी व्यवसाय गर्नेलाई सहयोग पुग्ने महासंघले जनाएको छ।






























144
Shares

प्रतिक्रिया