ad ad

फोटोफिचर


क्यान र सन्दीपविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


सरोज नेपाल
माघ २१, २०७९ शनिबार १४:४६, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ। लामिछानेलाई राष्ट्रिय टीममा समावेश गरिएको भन्दै विरोधमा प्रदर्शन भएको हो। 

काठमाडौंको माइतीघरमा केही स्वतस्फुर्तरुपमा जम्मा भएका युवायुवतीले प्रदर्शन गरेका हुन्। 

महिलावादी अभियन्ताहरूको पहलमा भएको प्रदर्शनमा क्रिकेट संघविरूद्ध नाराबाजी भएको थियो। उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड साथमा बोकेका थिए।

लामिछानेलाई शुक्रबारबाट बन्द प्रशिक्षणमा सहभागी गराएसँगै क्यानविरुद्ध आलोचना भइरहेको छ। 

आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि उनीसँगै २० जनालाई बन्द प्रशिक्षणमा सामेल गराइएको हो।

बलात्कारको आरोप लागेका सन्दीपलाई क्यानले यसअघि निलम्बन गरेको थियो। गत मंगलबार बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .