कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले संघीयतापछि कर्णालीमा प्रदेश सरकार बनेपनि यहाँका नेतृत्वको मानसिकता वडा बनाउने जस्तो भएको टिप्पणी गरेका छन्।
शनिबार कर्णाली प्रदेश सभाको पाँचौ स्थापना दिवस–२०७९ तथा कर्णाली प्रदेशसभाका पूर्व माननीय पदाधिकारी र सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै कँडेलले यस्तो टिप्पणी गरेका हुन्।
कँडेलले वडा बनाउने मानसिकताबाट कर्णालीको समृद्धि सम्भव नभएको बताए ।
स्थापना दिवसको अवसरमा बोल्दै कँडेलले भने, ‘कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो, त्यो अभियानमा सबै एकजुट हुन् आवाश्यक छ।’
कँडेलले दलीय व्यवस्थामा दल जति जनमैत्री बन्न सक्यो उत्तिनै जनताको आकर्षण बढ्ने बताए। साथै, राजनीतिमा बनाउने कुरा भन्दा बन्ने कुरा हावी भएकाले जनतामा दलप्रति वितृष्णा पैदा भएको उनले बताए।
माघ २१, २०७९, शनिबार
प्रतिक्रिया