ad ad

फोटोफिचर


फेरि सडकमा काठमाडौंका सुकुमबासी (तस्बिरहरु)


सरोज बैजु
माघ १३, २०७९ शुक्रबार १४:३६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बस्ती हटाउने प्रयास थालेपछि सुकुमबासीहरु फेरि आन्दोलित भएका छन्। 

काठमाडौंका अवैध सुकुमबासी बस्ती हटाउन भन्दै शाहले केही दिनअघि गृहमन्त्री रवि लामिछानेसँग भेटेर सहयोग मागेका थिए।

बस्ती हटाउन मेयर शाह सक्रिय भएसँगै केही महिनादेखि आन्दोलित सुकुमबासीले शुक्रबार माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे। 

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आयोजनामा प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारसँग लालपूर्जा पनि मागेका छन्। 

यसअघि नै महानगरले डोजर लगाएर बस्ती हटाउन खोजेको थियो। तर राम्रो विकल्प नपाएसम्म आफूहरु नहट्ने अडानमा उनीहरु छन्। 

प्रदर्शनका क्रममा सुकुमबासीहरुले जबरजस्ती उठीबास र डोजर आतंक बन्द गर, महानगर सम्झौता कार्यन्वयन गर, काठमाडौंमा सुकुमबासीले पनि बस्न पाउँछन् जस्ता नारासहितका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .