क्रिश्चियन धर्मावलम्बीहरुको महान चाड ‘क्रिसमस डे’ धुमधामका साथ मनाइएको छ। येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी ख्रीस्टमस दिवस मनाएका छन्। ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन्।
आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको मान्यता छ। येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरेका छन्। हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ।
यस अवसरमा शहरका विभिन्न स्थानमा ख्रीष्टमस ट्रि सजाएर राखिएको छ। क्रिश्चियन धर्मावलम्बीले एकापसमा शुभकामना आदानप्रदान गरेका छन्।














प्रतिक्रिया