सामाजिक सद्भाव एवम् एकताको पर्वका रूपमा छठपर्वको पहिलो दिन आइतवार काठमाडौंको गौरीघाटस्थित बागमती किनारबाट ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
गौरीघाट क्षेत्रमा निर्माण गरिएका ५२० वटा घाटबाट ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै पहिलो दिनको ब्रत टुंग्याएका हुन्।
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै भक्तजन जम्मा भएर छठपूजा गर्ने गौरीघाटलाई पन्डाल, झिलिमिली बत्ती र केराका बोटसहितले सजाइएको छ।
त्यहाँ पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत छठी माताको पूजा आराधना गरेकी छन्।
अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरी र गौरीघाटलाई झकिझकाउ पारिएको थियो। काठमाडौंका कमल पोखरी, गौरीघाट र भक्तपुरका ताल र पोखरीमा छठ भव्यरुपमा मनाइँदैछ।
243
Shares
प्रतिक्रिया