गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोह सुरु भएको छ।
हजारौँ सर्वसाधारण तथा खेलाडी सम्मिलित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गर्दै छन्।
पोखरा रङ्गशालामा आयोजित कार्यक्रम प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी भएका छन्।
यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।




प्रतिक्रिया