नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ।
काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो। सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ।
फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा सेनाले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो।
त्यस्तै, गोरखकाली मन्दिरस्थित दसैंघरबाट पठाइएको फूलपाति काठमfडाैं आइपुगेको छ। काठमाडौंको हनुमानढोकास्थित दसैं घरमा फूलपाति ल्याइएको हो।
गोरखामा विधिपूर्वक शनिवार राति संंकलन गरिएको फूलपाति आज बिहान मोटरमा राखेर हनुमानढोका ल्याइएको हो।
Shares
प्रतिक्रिया