ad ad

फोटोफिचर


राउटेले बनाएका काठका सामग्री भक्तपुरमा प्रदर्शनी (तस्बिर)


दिनेश बुढा
असोज ५, २०७९ बुधबार १६:२८, सुर्खेत

लोपोन्मुख फिरन्ते जाति राउटेले निर्माण गरेका काठको सामग्री भक्तपुरमा प्रदर्शन गरिएको छ। राउटेले निर्माण गरेको सामग्री बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन तथा बिक्रीका लागि राखिएको हो। 

एईआइएन लक्जेम्वर्गको सहयोग, कर्णाली प्रदेश सरकार र गुराँस गाउँपालिकाको समन्वय तथा सोसेक नेपालको आयोजनामा फिरन्ते समुदाय राउटेद्वारा निर्मित काठका सामग्रीहरु प्रर्दशनीमा राखिएको सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले जानकारी दिए।

हाल भगवतीमाई गाउँपालिका–२ बेस्तडा बजार नजिकै बसोबास गरिरहेका उनिहरु सामग्री प्रर्दशनीका लागि दुई दिन अगाडि काठमाडौं पुगेका थिए। 

राउटे मुखिया सूर्यनारायण शाही लगायतको टोली आफूहरुले निर्माण गरेको सामग्री प्रर्दशनी तथा बिक्रीका लागि बुधबार भक्तपुर पुगेका हुन्।

जंगलका कु–काठ काटेर कोशी, मदुस, झुमा, पिर्का लगायतका सामग्री बनाई त्यसलाई गाँउमा गएर अन्नपातसँग साटेर जिविका धान्ने उनीहरुले यस पटक भने प्रदर्शनीमा राखेका हुन्। काठका भाडाकुँडा र सामग्री बनाउनु राउटेको मुख्य सीप हो। 

तस्बिरहरु : एइआईएन लक्जेम्वगर्ग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .