ad ad

कारोबार


वरुण इन्भेष्टमेन्टले १५ लाख आईपीओ निष्काशन गर्ने, ग्लोबल क्यापिटलसँग सम्झौता

वरुण इन्भेष्टमेन्टले १५ लाख आईपीओ निष्काशन गर्ने, ग्लोबल क्यापिटलसँग सम्झौता

नेपालखबर
असोज ५, २०७९ बुधबार १६:३०, काठमाडौँ

वरुण इन्भेष्टमेन्ट लि.ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।   

कम्पनीका कर्मचारी र सामूहिक लगानी कोष समेतलाई छुट्याएको १५ लाख कित्ता साधारण सेयर निष्काशन हुनलागेको हो। 

यसका लागि ग्लोबल आईएमई क्यापिटल लि.लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। 

काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कम्पनी र क्यापिटलबीच सेयर निष्काशन तथा बिक्रीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लि.को तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। 

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । 

संस्थापक समूहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक सेयरधनीहरुबाट ४० करोड बराबरको सेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भई विशेष गरी ऊर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ । 

कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लि ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि (३८.४७ मेगावाट) र बुबगल हाईड्रो लि (१०.७० मेगावाट) गरी ३ हाइड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानी कर्ताको रुपमा रहेको छ। 

हालै पनि वरुण इन्भेष्टमेन्ट ले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको , गुराँस हाइड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिबध्ता जनाएको छ। वरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटल ले यसै श्रावण भित्रमा क्ष्एइ ल्याउने गरी तयारी थालेको छ ।

वरुण इन्भेष्टमेन्ट ले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल , कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष श्री शिव प्रसाद घिमिरे बताउँछन् । घिमिरे एस.जि ग्रुपका अध्यक्ष समेत हुन्। वरुण इन्भेष्टमेन्ट मा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि ग्रुपको एलपीजी ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निर्माण, बैकिङ्गलगायत विभिन्न क्षेत्रमा लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .