दसैंका लागि आजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएसँग टिकट बुक गर्नेको भीड लागेको छ।
यातायात व्यवस्था विभागका अनुसार दसैंका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो।
बुकिङ खुला भएसँगै बसपार्क क्षेत्रमा टिकट लिनेहरुको भीड बढ्न थालेको हो। काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन्।
यसैबीच, यातायात व्यवस्था विभागले दसैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
काठमाडौं नयाँ बसपार्कमा टिकट बुकिङ खुलेपछिको भिड, केही तस्बिरमा हेर्नुस्ः
असोज १, २०७९, शनिबार
21
Shares
प्रतिक्रिया