ad ad

फोटोफिचर


दरबारमार्ग : बाटोको अवैध पार्किङबाट उठाउँछन् पैसा (फोटो/भिडिओ)


विशाल कार्की
भदौ १२, २०७९ आइतबार २१:४६, काठमाडौँ

दरबारमार्ग काठमाडौंको महँगोमध्ये एक व्यापारिक केन्द्र हो। महँगो ठाउँको परिचय बनाएको यहाँ सवारी साधान व्यवस्थापन भने अस्तव्यस्त छ। 

भीआईपीहरूको समेत जमघट भइरहने यहाँ पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्टमा व्यवसाय चलेका छन्। तर सवारी गुड्ने सडक भने पार्किङस्थल बनाइएको छ। 

सडकलाई पार्किङ बनाएर शुल्क उठाउने धन्दा यहाँ पुरानो भइसकेको छ।

मोटरसाइकल र स्कुटरलसहित दुई पाङ्ग्रे साधन पार्किङ गर्दा प्रतिघण्टा २५ रुपैयाँ र कारले ८० रुपैयाँ तिर्नुपर्छ। पार्किङ गरिएको स्कुटर लिन आएका मिलन तामाङले भने, ‘तीन चार वर्ष भयो। बिहान १० बजेदेखि राति ८ बजेसम्म शुल्क उठाउँछन्। यसले पैदलयात्री र अन्य सवारीलाई समस्या भएको छ।’

पहेँलो रिफ्लेक्टिभ ज्याकेट लगाएर पैसा उठाइरहेका कोही युवा पनि भिडिओमा बोल्न मानेनन्। एक जनाले भने, ‘पैसाको फोटो नखिच्नुस्। हामीलाई ठेकेदारले गाली गर्छन्। म त भर्खर काममा लागेको छु। ठेकेदारबारे थाहा छैन।’ ​

यात्रु कुरिरहेका ट्याक्सी चालक नोर्बु तामाङले पार्किङले यात्रु कुर्न, चढाउन र उतार्न समस्या भएको दुखेसो पोखे। 

‘सडकमै पार्किङ गर्दा ट्याक्सीलाई यात्रु कुर्ने ठाउँ छैन। साँघुरो बाटो त्यसमा पनि पार्किङले जाम बढाउँछ। हामीले यात्रु उतार्दा ट्राफिकले चिट काट्छ। सडकमा खुलेआम पार्किङ भइरहेको छ,’ उनले भने। ​

पार्किङ गर्ने गरी नक्सापास गरिएका बेसमेन्ट र अन्डरग्राउन्डमा काठमाडौँ महानगरपालिकाले कडाइ गर्न थालेको छ। 
व्यापार व्यवसाय गरिएका बेसमेन्ट र अन्डग्राउन्ड काठमाडौं महानगरले हटाउन थालेपछि यहाँका बेसमेन्ट बन्द छन्।

व्यवसायीहरू सामान व्यवस्थापनमा लागेका छन्। तर सडकमा पार्किङबाट धमाधम पैसा उठाउने क्रम जारी छ।

फोटो/भिडिओ : सरोज बैजू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .