बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सले नक्साबिना नै बनाएको संरचना भत्काउन महानगरपालिकाको टोली पुगेको छ।
अल्फा बिटाले नक्साबिना नै अगाडिको भागमा पूर्वाधार बनाएको पुष्टि भएपछि महानगरको टोली त्यसलाई भत्काउन डोजरसहित पुगेको हो।
डोजर नै लिएर महानगर प्रमुख बालेन्द्र शाह बुद्धनगर पुगेका छन्। यसअघि बिहीबार बिहान अल्फा बिटाको अवैध संरचना अनुगमन पुगेका मेयर शाह र भवन मालिकबीच भनाभन भएको थियो।
त्यसपछि महानगरले अल्फा बिटाले बनाएको पूर्वाधारको नक्सा हेरेको थियो। उक्त नक्सामा अल्फा बिटाको संरचना नदेखिएपछि तोड्न लागिएको हो।
अल्फाको संरचना भत्काउन अहिले महानगरको डोजर पनि पुगिसकेको छ।
234
Shares
प्रतिक्रिया