फोटोफिचर


लगातार दोस्रो जितले उत्साहित नेपाल (तस्बिरहरु)


विक्रम राई
चैत १६, २०७८ बुधबार १६:४४, काठमाडौँ

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो जित दर्ता गराउन सफल भएको छ।

यो जितसँगै नेपालले सिरिजको फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। 

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिजको फाइनल सम्भावना बलियो बनाएको हो। 

मलेसियाले पहिले ब्याटिङ गरेर दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ४ बलमै ४ विकेट गुमाउँदै नतिजा आफ्नो पक्षमा पार्यो।

नेपाललाई जिताउने क्रममा आसिफ शेखले ५७ रन शानदार पारी खेले। शेखले ३८ बलमा ७ चौका र १ छक्का पनि हाने। 

नेपालले खराब सुरुवात गरे पनि आसिफले नै सम्हाले। २५ रनमै २ विकेट गुमाएपछि लड्खडाएको नेपाललाई शेखले नै जितको हकदार बनाए। 

उनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर ७० रनको साझेदारी गरे। नेपालका लागि दीपेन्द्रले २१ रन बनाए। रोहित पौडेलले १२ रनको योगदान दिए। डेब्यु गरेका दिलीप नाथले १५ रन बनाउन सफल भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .