ad ad

फोटोफिचर


सुनाकोठीमा यसरी मनाइयो साकेला उँधौली (तस्बिरहरु)


विक्रम राई
पुस ४, २०७८ आइतबार २२:१४, काठमाडौँ

किरात समुदायको मुख्य चाड साकेला उँधौली पर्व देशका पूर्वी पहाडी र तराईका जिल्लासहित काठमाडौं उपत्यकामा पनि मनाइएको छ। 

हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाबाट सुरु हुने उँधौली पर्वलाई किराती समुदायले उत्सवका रुपमा मनाउँछन्। 

यो समय मानिस, जनावर र चराचुरुङ्गी लेकबाट बेँसीतिर झर्ने भएकाले त्यसकै अवसरमा धुमधामसँग मनाइन्छ। 

बर्षाभर मिहिनेत गरेर फलाइएको अन्नबाली यही बेला भित्र्याइन्छ। यस अवसरमा विशेष पूजाआजा गर्ने चलन छ।

यो पर्वलाई किराती समुदायका विभिन्न उपसमूहले फरक फरक नामले पुकार्छन्। राईले उँधौली साकेला, सुनुवारले फोलस्याँदर, याक्खाले चासुवा र लिम्बूहरूले चासोक तङ्नामका यो पर्व मनाउँछन्। 

यही अवसरमा देशमा विभिन्न ठाउँमा किराती समुदायले विभिन्न सांस्कृतिक झाँकी र नाचगान गरेका छन्। 

ललितपुरको दक्षिणी क्षेत्रमा किराती समुदायको बाक्लो बसोबास छ। आइतवार ललितपुरको सुनाकोठीमा पनि उपत्यकाका किराती समुदाय भेला भएर उँधौली पर्वका मनाएका छन्।

त्यसक्रममा उनीहरुले किराँती भेषभूषामा सजिए पराम्परागत नाचगान गरे। यो पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा नै दिएको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .