छापा खबर


यस्तो आयो महरा र रोशनीको फरेन्सिक रिपोर्ट, घटनाले अर्कै मोड लिने संकेत!

यस्तो आयो महरा र रोशनीको फरेन्सिक रिपोर्ट, घटनाले अर्कै मोड लिने संकेत!

नेपालखबर
असोज २८, २०७६ मंगलबार १:८,

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टी भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको फरेन्सी जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसकको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दिएको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

प्रहरीले रोशनीलाई १७ असोजमा त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो।

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ।

रोशनीमाथि बलात्कार प्रयास आरोपमा निवर्तमान सभामुख महरा १९ असोजमा पक्राउ परेका थिए।

पक्राउ परेकै दिन राति उनको पनि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

उनको पनि स्वास्थ्य परीक्षण प्रतिवेदन आइसकेको स्रोतको भनाई छ।

‘बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा चोटपटक लागेको पुष्टी भयो,’ त्यसमा बाहिरी पक्षकै संलग्नता देखियो,’ फरेन्सिक जाँच प्रतिवेदनबारे उल्लेख गर्दै उच्च स्रोतले भन्यो, ‘अर्को पक्षको समेत स्वास्थ्य परीक्षण प्रतिवेदन आएपछि अनुसन्धान दोस्रो चराणमा प्रवेश गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad