छापा खबर


मोरङमा दलितलाई होटेलमा पस्न दिइएन, पीडितले दिए प्रहरीमा उजुरी

मोरङमा दलितलाई होटेलमा पस्न दिइएन, पीडितले दिए प्रहरीमा उजुरी

नेपालखबर
असोज २८, २०७६ मंगलबार १:३४,

सानो जाति भनेर होटेलमा चिया खान नदिएको भन्दै मोरङमा एक व्यक्तिले प्रहरीमा जाहेरी दिएका छन्।

मोरङको पथरी शश्चिरे नगरपालिका ४ का ६० वर्षीय डिमोने कामीले रुद्रबहादुर कटुवाल र टलकबहादुर पाण्डेलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराएका हुन्।

उनले आफूलाई सार्वजनिक स्थलमा जातीय छुवाछूत गरेकाले जातीय छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार कानुनी कारबाहीको माग गरेका छन्। यो खबर आजको नयाँ पत्रिकामा गणेश लम्सालले लेखेका छन्।

यस्तो थियो घटना
इलाका प्रहरी कार्यालय पथरीमा दर्ता भएको जाहेरीअनुसार २० असोज दिउँसो पथरी शनिश्चरे ९ स्थित शनिश्चरे बजारमा रहेको पाण्डेको चिया पसलमा डिमोने कामी चिया पिउन गएका थिए। तर आफ्नो पसलमा उच्च जातिका मान्छे चिया पिउन आउने गरेको भन्दै पाण्डेले डिमोनेलाई बाहिर बसेर चिया पिउन भनेका थिए।

डिमोनेले कानुनमा सबै बराबर हुन्छ, विभेद र छुवाछुत गर्न पाइँदैन भन्दा कारबाही गर्न सके गर भन्दै होटेल सञ्चालक पाण्डेले उनलाई धकेलेर बाहिर निकालेका थिए। होटेलवालाले भित्र पस्न नदिएपछि बाहिर बसेर चिया पिउन लाग्दा सानो जाति भएर आफूसँगै बसेर चिया पिउन लागेको भन्दै ग्राहक रुद्रबहादुर कटुवालले गालीगलौज गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad