छापा खबर


यी हुन् अध्ययन हुँदै गरेका १३ सुरुङमार्ग

यी हुन् अध्ययन हुँदै गरेका १३ सुरुङमार्ग

नेपालखबर
असोज २७, २०७६ सोमबार २३:५२,

सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग र अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

तीमध्ये ८ सुरुङमार्गको पूर्व सम्भाव्यता अध्ययन भइसकेको र पाँच वटाको बाँकी रहेको खबर आजको कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका छन्। 

नागढुंगा–सिस्नेरी सुरुङमार्ग निर्माण हुने क्रममा छ। यो सुरुङमार्ग अर्को साता शिलान्यास हुँदैछ।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्ष १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ।

सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत पूर्वसम्भाव्यता अध्ययनका लागि ५९ करोड रुपैयाँ खर्च छुट्याइएको छ।

यी हुन् प्रस्तावित १३ सुरुङमार्ग

१. बुटवल -सिद्धबाबा

२. टोखा -छहरे- गुर्जे भन्ज्याङ

३. कोटेश्वर -जडिबुटी

४. खुर्कोट- चियाबारी

५. कैलाली खुटिया -बीपीनगर -दिपायल खण्ड

६. थानकोट -चित्लाङ

७. गोदारी (ललितपुर)- मानेचौर (काभ्रे)

८. नयाँ बानेश्वर अन्डरपास

९. कुलेखानी- भिमफेदी

१०. हेम्जा नयाँ पुल (पोखरा बागलुङ सडक)

११. दोलखाको लामाबगर

१२. बुटबल नारायणगढको दाउन्ने खण्ड

१३. बेत्रवटी -घट्टेखोला (स्याफ्रुबेसी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad