हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ।

निवर्तमान सभामुख एवं नेकपा सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन्।
महरा र चौधरी निलम्बनमा परिसकेका छन्। यो खबर आजको कान्तिपुरमा मात्रिका दाहालले लेखेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहका एसपी भूपेन्द्र खत्रीका अनुसार कांग्रेस सांसद आलमविरुद्ध २०६४ चैत २७ गतेको बम विस्फोटमा परी घाइतने २ नेपाली र २१ भारतीय नागरिकलाई इँटा भट्टामा लगेर जलाएको अभियोग छ।
3
Shares

प्रतिक्रिया