छापा खबर


आज अनिवार्य अवकास पाउँदैछन् डा. केसी, के गर्लान अब?

आज अनिवार्य अवकास पाउँदैछन् डा. केसी, के गर्लान अब?

नेपालखबर
असोज २७, २०७६ सोमबार १:५,

चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक-पटक अनशन बसेका डा.गोविन्द केसीले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकास पाउने भएका छन्।

उनी त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञका रुपमा कार्यरत छन्।

६३ वर्षीय केसीलाई सोमबादेखि अवकाश दिइएको अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले जानकारी दिएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

यस अघि डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए। उनको नागरिकतामा जन्म मिति २७ असार २०१३ छ।

डा.केसीले चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ।

अबकासपछि पनि यो अभियानलाई निरन्तरता दिने उनले संकेत गरेका छन्।

डा.केसीले अवकास पाएकै दिन बिहान शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad