छापा खबर


सरकारको लक्ष्यभन्दा नेपालको आर्थिक वृद्धिदर २ प्रतिशत भन्दा कमः विश्व बैँक

सरकारको लक्ष्यभन्दा नेपालको आर्थिक वृद्धिदर २ प्रतिशत भन्दा कमः विश्व बैँक

नेपालखबर
असोज २७, २०७६ सोमबार ०:४७,

सरकाले साढे आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइरहेको बेला विश्व बैँकले भने नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ६.४ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ।

चालू आवका लागि ७.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको बैँकले सन् २०२० मा दक्षिण एसियाकै आर्थिक वृद्धिदर घट्ने भन्दै नेपालको वृद्धिको प्रक्षेपण घटाएर ६.४ प्रतिशत प्रक्षेपण गरेको खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्।

जसअनुसार चालू आवको दोस्रो स्थानमा रहेको नेपाल उच्च आर्थिक वृद्धि हुने दक्षिण एसियाली मुलुकहरुमा चौथो देश बन्ने छ।

विश्व बैँकले आइतबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै चालू आवमा दक्षिण एसियाकै अर्थतन्त्रमा सुस्तता देखिएकाले त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा देखिने बताएको छ।

प्रतिवेदनअनुसार सन् २०२० मा भुटानले सबैभन्दा बढी ७.४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने छ भने बंगलादेशले ७.२ प्रतिशत हुने प्रक्षेपण बैँकको छ।

त्यस्तै दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत र माल्दिभ्सको ५.५ प्रतिशतको प्रक्षेपण गरिएको छ।

यस्तै श्रीलंकाले आर्थिक वृद्धिदर ३.३ प्रतिशत र अफगानिस्तानले ३ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैँकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad