ad ad

छापा खबर


काठमाडौँको आकाशमा रातभर नाइटभिजनको गस्ती

काठमाडौँको आकाशमा रातभर नाइटभिजनको गस्ती

नेपालखबर
असोज २६, २०७६ आइतबार ०:४६,

नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षामा नेपाली सेनाले रातभर गस्ती गरेको छ।

शनिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकप्टरले रातभर गस्ती गरेको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

राष्ट्रपति सी विमानस्थल ओर्लिनुअघि र पछि इकुरेल हेलिकप्टरबाट हवाई गस्ती गरिएको थियो।

हवाई गस्तीका लागि अगुस्टा वेस्टल्यान्ड हेलिकप्टरलाइ पनि तयार राखिएको छ।

सीको भ्रमण अवधिभर नेपाली सेना, प्रहरी, सशस्त्र र चिनियाँ जनमुक्ति सेना गरी ४ तह तथा हवाई गस्तीबाट सुरक्षा व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .