ad ad

छापा खबर


सीको सुरक्षाका लागि सेनाको कमान्डमा १५ हजार फौज, यसरी मिलाइएको छ सुरक्षा व्यवस्था

सीको सुरक्षाका लागि सेनाको कमान्डमा १५ हजार फौज, यसरी मिलाइएको छ सुरक्षा व्यवस्था

नेपालखबर
असोज २५, २०७६ शनिबार १:२७,

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको विशेष सुरक्षाका लागि नेपाली सेनाको कमान्डमा करिब पन्ध्र हजार फौज परिचालित हुनेछ।

सी काठमाठौंमा उत्रेदेखि उड्दासम्‍मको सम्पूर्ण सुरक्षाको नेतृत्वदायी जिम्मेवारी सेनाले लिने खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ। यो कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु छन्।

राष्ट्रपति सीको सुरक्षा योजना तथा रणनीति तय गर्ने जिम्मा यही कार्यदललाई दिइएको छ। यो कार्यदलले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग प्रत्यक्ष परामर्श गरेर काम गर्नसक्नेछ।

शुक्रबारदेखि नै त्रिभुवन विमानस्थलदेखि सी को सवारी हुने रुटमा सडकको दुवैतर्फ सुरक्षाकर्मी खटाइएको छ र अग्ला भवन तथा संरचनामा समेत सुरक्षा गस्ती गरिएको छ । सुरक्षा जाँचलाई पनि कडा तुल्याइएको छ।

सीको विशेष सुरक्षाका लागि चारवटै सुरक्षा निकायबाट करिब पन्ध्र हजारको संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । त्यसमा दस हजार जति सेनाबाट परिचालित हुनेछन्।

सी आउने जहाज, त्रिभुवन विमानस्थल, सी यात्रा गर्ने सडक, बस्ने होटेल तथा सुरक्षाका हिसाबले संवेदनशिल देखिएका अन्य स्थानमा सेनाको कमान्डमा विशेष गस्ती टोली परिचालित भइसकेको छ।

सीको सुरक्षाका लागि चीनबाटै हतियारसहित विशेष सुरक्षा टोली आउनेछ । त्यसपछि पहिलो घेरामा नेपाली सेना रहनेछ भने त्यसपछि सशस्त्र र नेपाल प्रहरी रहनेछ।

सीको यात्राका बेला तिब्बती शरणार्थीबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर संभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षा परिचालन कडा बनाइएको छ।

सीको जहाज काठमाडौं उत्रेपछि उनको सडक सवारी हुँदा नेपाली सेनाको हेलिकोप्टरले एरियल रेकी गर्नेछ।

खासगरी त्रिभुवन विमानस्थलदेखि सोल्टी होटेलसम्म, होटलदेखि राष्ट्रपति कार्यलय र राष्ट्रपति कार्यलयदेखि होटलसम्म र होटलदेखि एयरपोर्टसम्मको रुटमा विशेष सुरक्षा सुरक्षा निगरानी हुनेछ । त्यो रुटमो सीको सवारी हुँदा सेनाको हेलिकोप्टले एरियल रेकी गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .