ad ad

छापा खबर


३४ सिटको बसमा १११ यात्रु, ओभर लोडले टायर पड्किँदा बस भिरबाट खस्यो

३४ सिटको बसमा १११ यात्रु, ओभर लोडले टायर पड्किँदा बस भिरबाट खस्यो

नेपालखबर
असोज २५, २०७६ शनिबार १:१८,

क्षमताभन्दा बढी यात्रु लिएर सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ गइरहेको बस शुक्रबार इन्द्राबती गाउँपालिकाको तिर्खुमोडमा सडकबाट खस्दा ११ जनाको मत्यु भएको छ। सय जना घाइते छन्।

हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस कच्ची सडकबाट डेढ सय मिटर तल खसेको थियो।

मोडबाट पल्टेको बस तल्लो सडकमा बजारिँदै झरेको खबर आजको कान्तिपुर दैनिकमा सिन्धुपाल्चोकबाट अनिश तिवारीले लेखेका छन्।

दसैँ मनाएर फर्केका यात्रु लिएर बिहान ८ बजे भोटसिपाबाट हिँडेको बस ९ बजेर ५५ मिनेटमा दुर्घटनाग्रस्त भएको हो।

‘३४ सिटको बस ओभरलोडकै कारण पाटपुर्जाले काम गर्न नसकेर कच्ची सडकको मोडबाट तल खसेको देखिन्छ,’ घटनास्थलबाट चौतारा फर्किएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले भने।

दुर्घटनामा चालक केदार श्रेष्ठको पनि मृत्यु भएको छ।

प्रहरीका अनुसार घटनास्थलमा ५ जना, अस्पताल लैजानेक्रममा १ र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको हो।

टायरको हावा फुस्किएको अबस्थामा चालकले बस मोड्न खोज्दा ब्रेक फेल भएर पल्टिएको प्रत्यक्षदर्शी सुवन गिरीले बताए।

बस पल्टिँदा रुखमा अड्किएर बाँचेका घाइते यात्रु छविलाल भट्टराईले भने, ‘चालकले गाडीको ब्रेक फेल भयो, ज्यान बचाउन सक्नुहुन्छ भने हामफाल्नुस् भन्यो। सबैजना रुन कराउन थाले। म नजिकै बसेका एकजना भाइ हाम्फाली हाले। मैले भान्जीलाई केही हुन्न हामी पनि हाम फालौँ भने। हामफाल्यौँ। म कोइरालाको रुखमा अड्किँए। बस भिरैभिर तल खस्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .