कुनै बेला माओवादीको उद्गमस्थल मानिएको रोल्पाको उत्तरी भेगमा ‘जनयुद्ध’ ताका लुकाएर राखिएका ठूलो परिमाणका हातहतियार र विस्फोटक पदार्थ फेला परेको छ।
शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादी नेतृत्वले आपूmसँग भएका हातहतियार ‘खोलाले बगाएको’ टिप्पणी गरेका थिए।
रोल्पाको उत्तरी कुलेरी भित्रीवनको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रिवन पुवाखोरेको एक गोठमा युद्धताका भण्डारण गरिएको युद्ध सामग्री नेपाली सेनाले असोजको दोस्रो साता नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन्।
यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खेमबहादुर बुढाले लेखेका छन्।
स्थानीय वासिन्दाका अनुसार सशस्त्र युद्धताका यहाँ हातहतियार र विष्फोटक सामग्री उत्पादनसमेत हुने गरेको थियो। युद्धकै बेला भण्डारण गरिएका हतियार, गोली र विष्फोटक सामग्री शान्ति प्रक्रियाको लामो अवधिसम्म गोठमै थिए।
वैदेशिक रोजगारमा गएर फर्किएका गोठधनी राजकुमार बुढाले युद्ध सामग्री हटाइदिन तत्कालीन नेकपा माओवादीका नेतालाई आग्रह गरेपछि युद्ध सामग्री भण्डारणको रहस्य बाहिरिएको हो।
गोठमा ठूलो परिमाणमा युद्ध सामग्री देखेर गोठधनी बुढाले ती सामान हटाइदिन आग्रह गरेका थिए। गत असोज ११ र १२ गते नेपाली सेनाको एक टोलीले गोठमा रहेको ‘युद्ध सामग्री’ नियन्त्रणमा लिएको स्थानीयले बताए।
प्रतिक्रिया