ad ad

छापा खबर


नालाामा गाडी फसेपछि पक्राउ परे किशोरीका अपहरणकारी

नालाामा गाडी फसेपछि पक्राउ परे किशोरीका अपहरणकारी

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ३:५,

फिल्मी शैलीमा १६ वर्षीया किशोरीलाई अपहरण गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिरहा नगरपालिका ९ का २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र २२ वर्षीय चतुरानन्द यादब छन्। अपहरणमा संलग्न अन्य दुईजना फरार रहेको सिरहा प्रहरीले जनाएको छ।

अपहरणकारीले किशोरीलाई सिरहाको धनगढी ९ मुसहर्नियाबाट अपहरण गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

किशोरीलाई भारतीय नम्बर प्लेटको बीआर ३२पीए ४२६२ नम्बरको स्कार्पियोमा राखेर लैजाँदै गर्दा सिरहा ९ मा नालामा गाडी फसेपछि उनीहरुलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ।

किशोरी उदयपुरबाट मेला हेर्न सिरहा आएकी खुलेको छ।

गाडी फसेपछि किशोरीले अपहरणकारीसँग शौच गर्न अनुमति मागेकी थिइन्। उनी शौचालय जान्छु भनेर भागेकी प्रहरीले जनाएको छ।

उनले गाडीभित्रै अपहरणकारीले आफूलाई बलात्कार गरेको बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .