छापा खबर


उपल्लो डोल्पामा ‘हेपाटाइटिस बी’ को प्रकोप

उपल्लो डोल्पामा  ‘हेपाटाइटिस बी’ को प्रकोप

नेपालखबर
असोज १६, २०७६ बिहिबार ०:५८,

उपल्लो डोल्पामा ‘हेपाटाइटिस बी’ को प्रकोप देखिएको छ।

डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा डोल्पाबाट रामचन्द्र न्यौपानेले लेखेका छन्।

स्वास्थ्य परीक्षण गरिएकामध्ये एकजनामा एचआइभी र तीनजनामा हेपाटाइटिस सी भेटिएको डा.मेलिना हमालले जानकारी दिइन्।

वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिनुले समस्या विकराल नै भएको जानकारी दिए ।

‘उपल्लो डोल्पामा हेपाटाइटिसको प्रकोप विकराल छ, चारजनाको जाँच गर्दा एकजनामा पोजिटिभ भेटिन्छ, यसरी संक्रमितको संख्या बढ्दै गए महामारीकै रूप लिने निश्चित छ,’ उनले भने ।

तिब्बतियनसँगको हेलमेलका कारण प्रकोप फैलिएको अनुमान गरिएको छ। बच्चा जन्मनेबित्तिकै लगाइने ‘हेपाटाइटिस बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको हमालले बताइन्।

‘हेपाटाइटिस बी’ संक्रमितलाई रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।

उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायतका गाउँमा यो रोगले महामारीको रूप लिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad