समाज


बारामा मदिरा भट्टीको खाल्डोमा डुबेर पाँच जनाको मृत्यु

बारामा मदिरा भट्टीको खाल्डोमा डुबेर पाँच जनाको मृत्यु

नेपालखबर
असोज १६, २०७६ बिहिबार ०:४०,

बारामा मदिरा भट्टीको खाल्डोमा डुबेर पाँच जनाको मृत्यु भएको छ।

फेटा गाउँपालिका–४ बतरा गाउँमा मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर एकै घरका चारसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भट्टी सञ्चालक ४० वर्षीय जोगा मुखिया, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालकुमारी देबी र करिब ५० वर्षीय एक भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।

बुधबार राति करिब ८ बजे पाँचै जना करिब पाँच फिट गहिराे एउटै खाल्डोमा डुबेका हुन्। पाँचै जनाको खाल्डोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनको विषयमा स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

मृतकको शरीरमा चोटपटक केही देखिँदैन। उनीहरुको मृत्यु कसरी भयो खुल्न नसकेको एसपी खनालले जानकारी दिए।

मदिरा उत्पादन गर्न मुखिया परिवारले घरभित्रै खाल्डो तयार गरेको थियो। दुईमध्ये कच्चा पदार्थसहितको पानी जमेको एउटा खाल्डोमा उनीहरु पाँचैजना डुबेका हुन्।

खाल्डोमा रहेको पानीमा प्रवाह भएको करेन्टको कारण उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

नजिकै रहेको बिजुलीको पोलबाट हुक लगाएर बत्ती बाल्ने गरेकाले उनीहरुको करेन्ट लागेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको हो।

मुखिया परिवारले लामो समयदेखि अबैद्य रुपमा घरमै मदिरा उत्पादन गर्दै आएका थिए।

दुई साता अघि प्रहरीले भट्टी भत्काएर कच्चा पदार्थ नष्ट गरे पनि उनीहरुले फेरि मदिरा बनाउन भट्टी तयार गरेका थिए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बाराका एसपी विकासराज खनालले जानकारी दिए।

घटनाको अनुसन्धानमा डिएसपी रञ्जितसिंह राठोर नेतृत्वको टोली खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad