‘खानेपिउने रामे, चोट पाउने च्यामे’ भनेझैँ कृष्णबहादुर महराको कमजोरी भन्दै सभामुखबाट राजीनामा दिन लगाएको नेकपाले अब उपसभामुख शिवमाया तुम्बाहाम्फेको पदसमेत धरापमा पार्न लागेको छ।
हिजो एमाले र माओवादी अलग पार्टी हुँदा यी दुई पद बाँडीचुँडी गरिएको थियो।
पार्टी मिलिसकेको अबस्थामा चलाखी गरेर महराले आफ्नो कार्यभार उपसभामुखलाई जिम्मा लगाए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस या फरक पार्टीलाई अब यो पद जिम्मा लगाउनु पर्ने कानुनी बाध्यताका कारण शिवमायाको पद संकटमा परेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
उसै त अधिकारविहिन अबस्था, त्यसमा पनि शिवमाया सहिद हुने अवस्था आउन लागेको हो।
स्पष्ट छ, नेकपाले सभामुख कांग्रेस, फोरम या राजपालाई दिँदैन।
दिने भनेको उपसभामुख नै हो। कथं सुवास नेम्बाङ फेरि सभामुखमा आए भने शिवमायाले अरुको लागि ठाउँ छाड्नुपर्ने हुन्छ।

प्रतिक्रिया