समाज


आज पनि देशभर बदली, कहाँ-कहाँ होला वर्षा?

आज पनि देशभर बदली, कहाँ-कहाँ होला वर्षा?

नेपालखबर
असोज १५, २०७६ बुधबार २:७,

आज (बुधबार) पनि देशभर बदली भएको छ भने केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले देशको पश्चिमी भागमा सामान्य बदली छ भने मध्य र पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली छ।

साथै पश्चिमी भेगका थोरै स्थानमा अहिले (बुधबार बिहान) पानी परिरहेको उनले बताइन्।

अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले नेपालखबरलाई जानकारी दिइन्।

मनसुन अझै बाहिरी नसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना देखिएको छ।

तर त्यस्तो ठूलो र लगातारको वर्षा हुने सम्भावना नरहेकाले दसैं नै बिग्रिने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको मौसविद्ले बताउँदै आएका छन्।

माैसम महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानमा छ। साथै भारतको उत्तर प्रदेश आसपास न्यून चापीय  प्रणाली छ।यसैकाे प्रभाव नेपालमा परेकाे हाे। 

सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर केही वर्षदेखि नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad