छापा खबर


देउवाले सरकारप्रति आक्रोश पोखेपछि राष्ट्रपतिको यस्तो व्यंग्य

देउवाले सरकारप्रति आक्रोश पोखेपछि राष्ट्रपतिको यस्तो व्यंग्य

नेपालखबर
असोज ४, २०७६ शनिबार १:२९,

राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई हेपेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारविरुद्ध कडा आक्रोश पोख्दा राष्ट्रपति भण्डारीले आफूले नबुझेको भन्दै व्यंग्यपूर्ण प्रतिक्रिया दिएकी थिइन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

‘यो मञ्चमा वक्ताले बोलेको केही नबुझिने रहेछ, नेताहरूले जोसले भन्नुभयो, ताली पनि बज्यो, के बोल्नुभयो भन्ने बुझिएन। कान राम्रो सुनिएन कि?’, राष्ट्रपतिले देउवाको अभिव्यक्तिप्रति लक्षित गर्दै भनिन्, ‘अब मिडियाबाट थाहा पाइएला।’

त्यसअघि देउवाले प्रतिपक्षसँग छलफलै नगरी सरकारले संविधानविपरीत प्रावधान राखेर विधेयकहरू ल्याएको भन्दै आक्रोश पोखेका थिए।

सरकारमातहत राख्ने गरी मानव अधिकार आयोगसम्बन्धी विधेयक ल्याइएकामा देउवाले असन्तुष्टि जनाएका थिए।

‘हामीले रेलिङ भाँचेका छैनौं, संसद्मा कुर्सी तोडफोड गरेका छैनौं भनेर हामीलाई हेप्ने रु’ देउवाले भने, ‘बोल्न नपाउने गरी मिडिया काउन्सिल विधेयक ल्याएर सरकारले जनताको स्वतन्त्रता खोस्न खोजेको छ । संविधानको मर्मविपरीत सरकारले ल्याएका विधेयक हामी स्वीकार गर्दैनौं।’

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार एकलौटी ढंगबाट अघि बढेको र संविधान कार्यान्वयनमा गम्भीर नबनेको बताए।

प्रतिष्ठानले संविधान निर्माणको नेतृत्व लिएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त गणेशमान सिंह जनआन्दोलन स्वर्णपदक प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad