चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग सहयोग र साझेदारी गहिरिँदै गएको बताएका छन्।
उनले नेपालको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोनबाट शुभकामना सन्देश दिने क्रममा यस्तो धारणा राखेका हुन्।
निकट भविष्यमा नेपाल आउने अपेक्षा गरिएको चिनियाँ राष्ट्रप्रमुखको नेपाली समकक्षीसँग विरलै फोनवार्ता हुने गरेकामा यसलाई अर्थपूर्ण मानिएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले दुई देशको सम्बन्ध विकासमा चीनले उच्च ध्यान दिएको बताउँदै राष्ट्रपति भण्डारीसँग मिलेर चीन–नेपालबीच सहयोग र साझेदारीलाई अझै गहन पार्ने उल्लेख गरे। यो खबर आजको कान्तिपुरमा लक्ष्मी लम्सालले लेखेका हुन्।
विश्वका ठूला घटना, भ्रमणको पूर्वसन्ध्या र विगतका सहमतिबारे पुनःस्मरण गराउने हेतुले चिनियाँ राष्ट्रपति सीले विदेशी राजनेताहरूसँग टेलिफोन वार्ता गर्ने गरेका छन्। समचारमा राष्ट्रपति सीको आसन्न भ्रमणको विषय उल्लेख नभए पनि भविष्यमा अझै घनिष्ट सम्पर्क राख्ने भनिएको छ।

प्रतिक्रिया