छापा खबर


यसरी नष्ट गर्न सकिन्छ डेंगु सार्ने लामखुट्टे

यसरी नष्ट गर्न सकिन्छ डेंगु सार्ने लामखुट्टे

नेपालखबर
असोज ४, २०७६ शनिबार १:७,

असारदेखि फैलिएको डेंगुको प्रकोपले अहिलेसम्म ७ हजार ३ सय ७० जना विरामी भइसकेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो रोगबाट बच्न लामखुट्टे नियन्त्रण गर्नुपर्छ।

महाशाखा अन्तर्गतको किट नयन्त्रण शाखाका नियन्त्रक उत्तम प्याकुरेलका अनुसार डेंगु फैलाउने लामखुट्टेको टोकाईबाट जोगिने र यसको अण्डा तथा लार्भा नष्ट गरेमा मात्रै डेंगुबाट बच्न सकिन्छ।

आजको नागरिक दैनिकमा अनुसार एसिड एजिप्टाई र एजिप्ट एल्वोपिक्टस नामक दुई लामखुट्टेले मात्रै यो रोग सार्छन्।

दिनमा मात्र टोक्ने यी लामखुट्टेले एक पटकमा १० देखि १५ नासम्मलाई टोक्छन्। यी लामखुट्टे जमेको सफा पानीमा बस्छन्।

त्यसैले प्रत्येक साता गमला, ड्रमलगायत पानी राख्ने वा पानी जमेका भाँडा राम्रोसित माझ्ने, सफा गरेको भाँडाको पानी सुख्खा माटो वा वालुवामा लगेर खन्याउने, पानी जम्मा पारिएको भाँडोमा बिर्को लगाउने, शरीर छोप्ने गरी कपडा लगाउने र दिनमा टोक्ने लामखुट्टेबाट बच्यो भने डेंगु लाग्न पाउँदैन।

डेंगु भए के गर्ने?

डेंगु संक्रमितलाई झुलभित्र राखी उपचार गर्ने, घरमा पनि झुलभित्र मात्रै राख्ने, झोलिलो खानेकुरा प्रसस्त मात्रामा दिने, नरम खाना खाने, ज्वरो आएको छ भने प्यारासिटामोल खाने, ज्वरो अनियन्त्रित भए अस्पताल लैजाने र शरीरमा गतको जाँच गर्दा रगतको उतार चढाव भए नभएको हेर्ने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad