यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज दोस्रो सातादेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ।
यसका लागि राष्ट्र बैंकले आन्तरिक तयारी पूरा गरेको छ।
‘सम्भवतः असोज १० देखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने योजना बनाएका छौं,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘कुनै कारणले शुक्रबारदेखि सटही गर्न सकिएन भने आइतबार (असोज १२) देखि वितरण गर्छाैं।’ यो खबर आजको कान्तिपुरमा यज्ञ बञ्जाडेले लेखेका हुन्।
यो वर्ष गत वर्षकै हाराहारीमा नयाँ नोट वितरण गर्ने तयारी रहेको प्रवक्ता निरौलाले बताए।

प्रतिक्रिया