छापा खबर


आकाशमा पनि नेताको अत्याचारः सबैभन्दा धेरै जहाज रोकाउनेमा यादव र गच्छदार

आकाशमा पनि नेताको अत्याचारः सबैभन्दा धेरै जहाज रोकाउनेमा यादव र गच्छदार

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार २३:५८,

शक्तिअनुसार प्रहरीका एसपीदेखि जनताबाट निर्वाचित मेयर, सांसद, मन्त्री हुँदै राष्ट्रपतिसम्मले जहाज डिले गराउँछन्।

हवाई सेवा प्रदायक कम्पनीका बीचमा जनप्रतिनिधिमध्ये उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र कांगे्रस संसदीय दलका उपनेता विजय गच्छदार जहाज डिले गराउनमा सबैभन्दा धेरै बदनाम छन्।

दुबैजनाले विराटनगर र जनकपुर विमानस्थलमा विमान धेरै पर्खाएका छन्।

यादवले त ८ साउन ०७५ मा अन्तर्राष्ट्रिय उडान नै ४५ मिनेट रोकाएका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

थाइल्याण्ड जाने तयारीमा रहेका उनले हतारहतार पासपोर्ट बनाएर विमानस्थ पुग्दा ४५ मिनेट ढिलो भएको थियो।

थाई एयरको विमानले उनलाई पर्खदा त्यसमा रहेका बैँकक ट्रान्जिट भएका कयौँ यात्रीको अर्को विमान छुटेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad