छापा खबर


नर्सिङ पढ्दै गरेकी १९ वर्षीया छात्राको शंकास्पद मृत्यु, अभिभावकले दिए जाहेरी

नर्सिङ पढ्दै गरेकी १९ वर्षीया छात्राको शंकास्पद मृत्यु, अभिभावकले दिए जाहेरी

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार २३:४१,

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएस्सी नर्सिङ पहिलो वर्ष अध्ययनरत एक छात्राको मृत्यु शंकास्पद देखिएको छ।

प्रतिष्ठानको छात्रवासमा खुस्बु रायसँग बस्दै आएकी १९ वर्षीया अञ्जली देवले झुण्डिएर आत्महत्या गरेको बताइए पनि प्रहरी र अभिभावकले झुण्डिएको अबस्थामा देख्न नपाएपछि शंकास्पद मानिएको हो।

मृतकका अभिभावकले सत्य तथ्य पत्ता लगाउन माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

प्रहरी निरीक्षक हेमराज वलीकाअनुसार प्रारम्भीक अनुसन्धानमा मंगलबार बिहान कलेज जान भनेर अन्जना साढे ७ बजेतिर होस्टल रुमबाट निस्केर पनि फेरि रुमतिरै फर्केको देखिएको छ।

‘तर किन फर्किन्? कसले बोलाएर फर्किन्? अनुसन्धान हुन बाँकी छ,’ वलीले भने।

इन्सपेक्टर वलीले भने, ‘अन्जनालाई प्रतिष्ठानको इमर्जेन्सी कक्षसम्म ल्याउनेहरुका अनुसार मृतकको रुम पार्टनर खुस्बु रायले रात्री ड्यूटी सकेर बिहान रुममा आउँदा अगाडिको ढोकाभित्रबाट बन्द गरेको र झ्यालबाट चियाएर हेर्दा कोठाको पंखामा सलको पासो लगाएर झुण्डिएको देखिएपछि होहल्ला गरेर अरु साथीहरुको सहयोगमा पछाडिको ढोकाबाट प्रवेश गरी झारेर इमर्जेन्सीमा ल्याएको भन्ने छ।’

उनीहरुले पंखाबाट सलको पासो फुकालेर झार्दा ढुकढुकी नरहेको भएपनि डेढ दुईसय मिटर नजिकको दुरीमा रहेको प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुर्‍याउन सके कतै बचाउन सकिन्छ कि भनेर हतार हतार ल्याएको तर बचाउन नसकिएको जानकारी प्रहरीलाई दिएका छन्।

छोरीको आकस्मिक मृत्युले शोकमग्न भएका मृतक अन्जनाका बाबु रविन्द्र देवले भने, ‘छोरीले आत्महत्या नै गरिहाल्छे भन्ने लागेको थिएन । सोमबार राति ८ बजे मात्र आफ्नो बहिनी अन्जलीलाई फोन गरेर राम्रो परीक्षा दिनु भनेर सम्झाएकी थिइन्।’

उनले छोरीको मृत्यु शंकास्पद लागेको बताए । एकजनाले ‘तपाईको छोरी सिकिस्त छ तुरुन्त आउनु भनेर फोन गरे, अर्को एजनाले झुण्डिएर आत्महत्या गरिन् भनेर फोन गरे। तर झुण्डिएको अवस्थामा देख्न नपाएकाले शंका लागेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad