छापा खबर


देशकै नमूना मालपोत कार्यालय कलंकीबाट घुससहित नासु र खरिदार पक्राउ

देशकै नमूना मालपोत कार्यालय कलंकीबाट घुससहित नासु र खरिदार पक्राउ

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ०:२२,

भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई सुलभ सेवा दिने भन्दै प्रधानमन्त्री केपी ओली नै उपस्थित भएर नमुना मालपोत घोषा गरे पनि कलंकी मालपोतमा अनियमितता रोकिएको छैन।

लेखापढी व्यवसायीमार्फत् र सिधै सेवाग्रहीबाट घुस लिएको आरोपमा केही दिनअघि पक्राउ परेका नायब सुब ईश्वरीप्रसाद पोख्रेल र खरिदार रामहरी सुवेदीलाई अख्तियार दुरुपयोग अनुसनन आयोगले सोमबार विशेष अदालतमा मुद्दा चलाएको छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

उनीहरुसँगै लेखापढी व्यवसायीहरु विश्वम्भर मैनाली, इन्द्रवती खत्री र तुलसीप्रसाद नेपाल तथा घुस दिने सेवाग्राही कृष्णप्रसाद घिमिरेविरुद्ध पनि मुद्दा चलाइएको छ।

नासु पोख्रेलले काम गरिदिएबापत अन्य कर्मचारीलाई समेत रकम दिनुपर्ने, नभए काम ढिला हुने भन्दै लेखापढी व्यवसायी मैनाली र खत्रीसँग दुई हजार रुपैयाँ घुस लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad