छापा खबर


माधव नेपालको अबको रणनीतिः कार्यकारी अध्यक्ष प्रचण्ड !

माधव नेपालको अबको रणनीतिः कार्यकारी अध्यक्ष प्रचण्ड !

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ०:३९,

५ भदौमा सिंगापुरमा उपचारका लागि प्रस्थान गर्नुअघि अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको अधिकार दिएका थिए।

तर, प्रचण्डलाई त्यस्तो अधिकार दिने कि नदिने भन्ने विषयमा सचिवालय बैठकको औपचारिक निर्णय छैन।

‘एक व्यक्तिः एक जिम्मेबारी’ को नीति लागू हुनुपर्ने मागसहित माधब नेपालले नोट अफ डिसेन्ट नै लेखेका कराण आगामी स्थायी समिति र केन्द्रीय कमिटी बैठकमा त्यस्तो एजेण्डा बनाउँदा उनी प्रचण्डलाई कार्यकारी अधिकारसहित अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिनेछन्।

यद्यपी पछिल्लो बैठकयता उनले यसबारे सार्वजनिक टिप्पणी गरेका छैनन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

त्यसैगरी नेता नेपाल झलनाथ खनाललाई दिइएको माथिल्लो बरियता स्वीकार गर्ने र बामदेव गौतमलाई उपाध्यक्ष बनाए मौन बस्ने रणनीतिमा छन्।

त्यसैगरी साविक एमालेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई सचिवालयमा ल्याउनु पर्ने अडानमा रहने छन्।

४५ सदस्यीय स्थायी समितिमा नेपाल पक्षका १२ जना छन्। त्यसैगरी ४४१ सदस्यीय केन्द्रीय समितिमा १०६, १७५ सदस्यीय संसदीय दलमा ४०, ४२ सदस्यीय प्रदेश पदाधिकारीमा नेपाल पक्षका ६ जना छन्।

त्यसैगरी दुईसय ३६ जिल्ला इन्चार्ज र सहइन्चार्जमा ६१, जिल्ला अध्यक्षमा १८ र सचिवमा २२ जना नेपाल पक्षका छन्।

स्थायी समितिमा नेपाल पक्षीय नेताको संख्या ओली बराबर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad