चन्द्रमा पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह हो। यो आफैं चम्किँदैन। यसका लागि सूर्यको प्रकाशको आवश्यकता पर्छ।
चन्द्रमामा हालसम्म १२ जना मानिसले पाइला टेकिसकेका छन्। तर चन्द्रमा नभए पृथ्वीमा के हुन्छ त?
यदि चन्द्मा भएन भने पृथ्वीमा दिन–रात २४ घण्टाको सट्टा १२ घण्टाको मात्रै हुन्छ भने एक वर्षमा १ हजारदेखि १ हजार ४ सय आसपासमा दिन हुन्छ। यो खबर आजको कारोबारमा छापिएको छ।
रातमा हलुका उज्यालो पनि चन्द्रमाकै कारण हुन्छ। वैज्ञानिकहरूका अनुसार यदि चन्द्रमा भएन भने सायद पृथ्वमिा मानव जातिको उदय नै हुँदैनथ्यो।

प्रतिक्रिया