दोलखाको चरिकोट अस्पतालमा एक गर्भवतीको जटिल शल्यक्रियाबाट बच्चा जन्मिएको छ।
पाठेघर छियाछिया परेर फुटेको एक्सरेमा देखिएपछि प्रसवपीडामा रहेकी बिन्दु विश्वकर्माको शल्यक्रिया गरिएको हो ।
चिकित्सकहरूका अनुसार प्रत्येक ५० हजार महिलामध्ये एक जना गर्भवतीमा यो समस्या देखा पर्छ। साढे ३ वर्ष अवधिमा २७ सयको सुत्केरी गराइसकेको अस्पतालमा यसअघि यस्तो शल्यक्रिया गरिएको थिएन। यो खबर आजको कान्तिपुरले छापेको छ।
अस्पतालका डा। विनोद दंगालले अत्यन्तै जोखिम मानिने शल्यक्रिया गरेर बिन्दु र बच्चा दुवै सकुशल रहेको बताए।
यो घटनालाई अस्पतालले निकै ठूलो उपलब्धि ठानेको पनि उनले दाबी गरे। बिन्दुका श्रीमान् बलबहादुर विश्वकर्माले भने, ‘लाखौं खर्च गरेर जिल्ला बाहिरको निजी अस्पतालमा सुत्केरी गराउने पैसा थिएन, निःशुल्कै अस्पतालमा सुरिक्षत सेवा पाउँदा हर्षित छु।’
प्रतिक्रिया