राजनीति


टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

नेपालखबर
भदौ २१, २०७६ शनिबार २:८,

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा प्रजातान्त्रिक समुहका खुमबहादुर सुवेदी विजयी भएका छन्।

शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा टानको ४१औं वार्षिक साधारण सभामा भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन्।

सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मत ल्याएका छन्।

महासचिवमा भने थापा समुहकी सरिता लामा १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन्।

समग्रमा नयाँ कार्यसमितिको अन्य पदभने मिश्रित आएको छ।

नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन्।

त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

महिला सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन्।

सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।

को हुन अध्यक्ष खुम बहादुर सुवेदी?
२०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि. ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक हुन्।

टानको बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर काम गरि सकेका उनी व्यवसायीमात्रै होइन नियात्राकारसमेत हुन्।

‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट सम्मानि उनको जन्म धादिङ, ज्वालामुखीमा भएको हो।

सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशको भ्रमण गरिसकेका छन्। उनी सामाजिक सेवामा कृयाशिल ह्यान्ड इन ह्यान्ड नेपालका अध्यक्षसमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .