नाच्ने, दर खाने अनि व्रत बस्ने। तीजका यी तीन रोचक विशेषता हुन्। थारू समुदायमा भने महिलाले तीज मनाउँदैनन्।
बरु पुरुषहरू भने व्रत बस्दै आफ्ना छोरी–चेली भेट्न जान्छन् फलफूल बोकेर। यसरी मनाइने पर्वलाई ‘अट्वारी’ भनिन्छ।
यसपटक अट्वारी व्रत दर खाने अघिल्लो दिन आइतबार परेको छ। कुशे औंसी सकिएको पहिलो आइतबार थारू समुदायका पुरुषले ‘भीम’ को नाममा यो व्रत बस्ने चलन छ। यो खबर आजको कान्तिपुरमा मधु शाहीले लेखेकी छन्।
आइतबार बस्ने भएकाले यसाई अट्वारी भन्ने गरिएको थारू समुदायका अग्रजको भनाइ छ। उनीहरूका अनुसार यो पर्वमा पुरुषहरू पानी पनि नपिई नर्जला व्रत बस्छन्। दिनभर भीमको पूजा गर्छन्। भोलिपल्ट बिहानै छोरीचेली भेट्न फलफूल र अन्य खानेकुरा लिएर जान्छन्।
बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडी बस्ने ४० वर्षीय हरिराम थारूले बाउबाजेदेखि अट्वारी व्रत बस्दै आएको बताए।

प्रतिक्रिया